PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भयो : प्रचण्ड



कुञ्जरमणि भट्टराई

गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भयो : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट सरकार अवसर र चुनौतीको दोसाँधमा रहेको बताएका छन्।

बिहीवार तुल्सीलाल भवन ललितपूरमा आयोजित विदेशी मामला विभागको पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताका आकांक्षा र देशको आवश्यकता अनुरुप परिणाम दिन नसके आफैँमा चुनौती बन्ने बताए।

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर पनि रहेको बताए।

प्रचण्डले भने, 'कम्युनिष्ट पार्टी र यसको नेतृत्व देख्न नचाहनेले शक्तिहरु खुसी छैनन्। सानोतिनो कमजोरी मात्रै भेटिए पनि तिललाई पहाड बनाएर जसरी कम्युनिष्ट आन्दोलन र नेतालाई बदनाम गर्ने प्रयास गरिरहेका छन्।'

उनले लामो संघर्षबाट प्राप्त गणतन्त्रमाथि प्रश्न उठाउन थालिएको बताए। पार्टी एकताका अधिकांश काम पूरा भइसकेकाले यसमा आशंका नगर्न उनले आग्रह गरे।

सोही कार्यक्रममा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका धेरै काम बाँकी रहेको बताए। नेता नेपालले एकताका बाँकी काम छिट्टै पुरा गर्न पार्टी अध्यक्षको ध्यानाकर्षण पनि गराए।

कार्यक्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता नेपाललाई विदेश विभागीय प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell