
कैलालीः कैलाली प्रहरीले चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ६ मटियारीका सञ्जय राना, सोही ठाउँका कमल बिक र वडा नम्बर -३ का रुद्रप्रसाद अधिकारी रहेका छन्।
उनीहरूका साथबाट चार थान पेस्तोल, सुनका गहना, तमसुक र राष्ट्र बैङ्कका नक्कली कागजातसमेत बरामद गरिएको बताइएको छ । घटनाको सिआइबी टोलीले अनुसन्धान गरिरहेको छ।