PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सर्वोच्चको आदेशपछि रोकियो एनओसीको निर्वाचन



पहिलोपोस्ट

सर्वोच्चको आदेशपछि रोकियो एनओसीको निर्वाचन

काठमाडौँः नेपाल ओलम्पिक कमिटी (एनओसी) को शुक्रबारका लागि तय भएको कार्यसमितिको निर्वाचन स्थगित भएको छ। सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै यही भदौ २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ।

यही भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell