PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

विश्वकप फुटबल छनोटः नेपालको लज्जास्पद पराजय, कुवेतसँग ७-० ले पराजित



पहिलोपोस्ट

विश्वकप फुटबल छनोटः नेपालको लज्जास्पद पराजय, कुवेतसँग ७-० ले पराजित
Photo: goalnepal.com

विश्वकप फुटबल तथा एसिया कप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको छ।
कुवेतको जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल ठूलो गोल अन्तरले पराजित भएको हो। 

नेपालले खेलको छैटौँ मिनेटमा नै गोल खाएको थियो। यस्तै, पहिलो हाफको १३औँ मिनेटमा दोस्रो गोल खायो।

पहिलो हाफमा २–० ले अघि रहेको कुवेतले दोस्रो हामा पनि आक्रमक खेल खेल्दै लगातार गोल थप्यो। कुवेतले खेलको ५०, ५९ र ६७ मिनेटमा गोल थप्यो। यस्तै, निर्धारित समयपछि थपिएको समयको पाँचौँ मिनेटमा पनि कुवेतले गोल थप्दै खेललाई ७–० ले आफ्नो पक्षमा पार्‍यो। 

नेपालले भने कुनै पनि गोल फर्काउन सकेन।  

सन् १९८२ विश्वकपमा समेत सहभागी भइसकेको कुवेत फुटबलमा अनुभवी टिम हो। कुवेतले सन् १९८० को एसिया कप उपाधि पनि उचालेको थियो।

नेपालले अहिलेसम्म कुवेतसँगको कुनै पनि फुटबल प्रतियोगितामा जित निकाल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell