PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

दोलखामा खोलाले कार बगाउँदा एकको मृत्यु, दुई जना घाइते



पहिलोपोस्ट

दोलखामा खोलाले कार बगाउँदा एकको मृत्यु, दुई जना घाइते

चरिकोटः दोलखाको कालिञ्चोक गाउँपालिका -९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका -३ जफेका २४ वर्षीय अनीश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका-३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ का पवन पौडेल घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको इकोस्पोट बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजेको समयमा सुन्द्रावतीखोला तर्ने क्रममा आएको बाढीले बगाएको थियो। अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार शव परीक्षणका लागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell