PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

सागको लोगो र मस्कट मनास्लु पुर्‍याइने



पहिलोपोस्ट

सागको लोगो र मस्कट मनास्लु पुर्‍याइने

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित व्यानर ‘किलर माउन्टेन’ का नामले परिचित मनास्लु हिमालको चुचुरोमा पु्‍र्‍याइने भएको छ।

आरोही प्रकाशराज पाण्डेले उक्त व्यानर ८ हजार १ सय ६३ मिटर उचाईको हिमाल मनास्लुको चुचुरोमा लैजान लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिदै व्यानर प्रकाशलाई बिहीवार हस्तान्तरण गरे। मनास्लुको चुचुरोमा पुर्‍याएको व्यानरलाई सागको उद्घाटन समारोहमा हस्तान्तरण गर्ने पाण्डेले जानकारी दिए।

सेप्टेम्बर तेश्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन्। रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आईल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन्। उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell