PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

यु १९ एसिया कप : नेपाल टस जितेर ब्याटिङमा, वर्षाले खेल प्रभावित



पहिलोपोस्ट

यु १९ एसिया कप : नेपाल टस जितेर ब्याटिङमा, वर्षाले खेल प्रभावित

श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले आजको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको छ। पानीले खेल प्रभावित बनाउदासम्म नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाएको छ।

नेपालको लागि रित गौतम अभिजित २१ रन र कप्तान रोहित कुमार पौडेल २ रनमा खेलिरहँदा पवन सर्राफ ४ रन र आशिफ शेख ७ रनमा पभेलियन फर्किए। यता, श्रीलंकाका लागि दिल्सन मधुसांकाले दुवै विकेट लिएका हुन्।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्।

नेपालले दोस्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्नेछ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell