PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

प्रधानमन्त्री ओलीको काठमाडौंमा अवतरण, भएन पत्रकार सम्मेलन

प्रधानमन्त्री ओलीको काठमाडौंमा अवतरण, भएन पत्रकार सम्मेलन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं उत्रिएका छन्। १५ दिन लामो सिंगापुर बसाइ पूरा गरेर आज थाइ एयरवेजबाट उनी काठमाडौं उत्रिएका हुन्।

१० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएका ओली १० दिन नेपालमा बसेपछि फेरि थप उपचारका लागि सिंगापुर फर्किएका थिए।

आज ओलीको प्रतीक्षामा मिडियाहरु विहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए तर उनले पत्रकारहरुसँग कुनै कुराकानी गरेनन्।

हात हल्लाउँदै एरपोर्टबाट बाहिर निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट बालुवाटारतिर लागेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell