PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

फ्राइडे रिलिजमा एक नेपाली र दुई विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिजमा एक नेपाली र दुई विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ। फिल्म 'सोच' एकल प्रदर्शनमा आएको हो।

पूजन सिंह 'प्रभाकर प्रकाश'को कथा तथा निर्देशन रहेको फिल्म देशभरका ६ दर्जन हलहरुमा प्रदर्शनरत छन्। फिल्ममा प्रज्वल गिरी, नीता ढुंगाना, विशाल पहाडी, सोनीका बास्तोला, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतको अभिनय रहेको छ। फिल्मलाई गंगा रजकले निर्माण गरेकी हुन्।

कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलेक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ।

बलिउडतर्फ फिल्म 'छिछोरे' प्रदर्शनमा आएको छ। नितेश तिवारी निर्देशित कमेडी ड्रामाले सातजना युवा युवतिबीचको मित्रताको कथा भन्छ। फिल्ममा सुशान्त सिंह राजपुत, श्रद्धा कपुर, वरुण शर्मा, प्रतीक बब्बर, ताहिरराज भसिन, नविन पोलिसेट्ठी, तुशार पाण्डेलगायतको अभिनय छ। फिल्मको लागि कथा नितेश तिवारी, पियुष गुप्ता र निखिल मल्होत्राले लेखेका हुन्।

त्यस्तै हलिउडतर्फ नेपालका लागि 'इट'को दोस्रो संस्‍करण रिलिज भएको छ। अमेरिकन सुपर न्याचुरल हरर फिल्म स्टेफेन किङको नोभलमा आधारित छ। एन्डी मुसचेइती निर्देशित फिल्मको पटकथा ग्यारी डाउबरम्यानले लेखेका हुन्र भने फिल्ममा जेम्स म्याएभोय, जेसिका क्यास्टेन, इसाइयाह मुस्ताफा, जे रायन, जेम्स र्‍यानसोनलगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell