PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

हेर्नुस् कतारमा विश्वकपका लागि कन्टेनरबाट बन्दै गरेको स्टेडियम, जो पछि पुन: प्रयोग हुनेछ



पहिलोपोस्ट

हेर्नुस् कतारमा विश्वकपका लागि कन्टेनरबाट बन्दै गरेको स्टेडियम, जो पछि पुन: प्रयोग हुनेछ
एलओसी

फुटबलको २२ औ विश्वकप कतारमा हुँदै छ। पहिलो पटक कुनै अरब देशमा विश्वकप फुटबल हुन लागेको हो।

कतारका ३ वटा शहरका ८ वटा स्टेडियममा खेल हुनेछ। विश्वकप हुने ८ स्टेडियम मध्ये रस अबु अबुद स्टेडियम कतारको राजधानी दोहामा रहेको यस्तो स्टेडियम हो कन्टेनरबाट बन्ने छ। यो स्टेडियम १००० कन्टेनरबाट बन्ने छ जसका लागि चीनबाट ९० वटा कन्टेनर कतार पुगिसकेको छ।

रस अबु अबुद स्टेडियमको खास विषय यो हो की विश्वकप पछि यसलाई हटाइने छ। यो फिफा विश्वकप भएको यस्तो स्टेडियम बन्ने छ जसलाई रि युज गरिने छ। विश्वकप पछि यो स्टेडियमलाई खेलकुद या अन्य क्षेत्रमा बेचिने बताइएको छ। यो स्टेडियमको दर्शक क्षमता ४० हजार रहने छ। स्टेडियम सन २०२० सम्ममा बनिसक्ने बताइएको छ।

कन्टेनरलाई स्थायी राख्न त्यसमा भारी सामान राखिने छ। यसमा प्रयोग हुने सबै सामाग्री पुन प्रयोग गर्न सकिने छ। स्टेडियमको बाथरुम, अफिसलगायत कन्टेनर नै हुनेछन्।

प्रोजेक्ट मेनेजर मोहम्मद अल मुल्लाले भनेका छन, ‘डिजाइनको सुरुवातदेखिनै हामीले स्टेडियमको साना साना कुराहरुलाई पनि कसरी पुन प्रयोग गर्ने भनेर ध्यान दिएका छौँ, चाहे त्यो कन्टेनर होस, स्टील स्ट्रक्चर होस या छानो होस।’

यो एउटा यस्तो प्रोजेक्ट हो जो सन् २०२२ का लागि मात्र बनेको हो। कतार विश्वकपमा यसको प्रयोग भइसकेपछि यसलाई खोलेर फेरि अर्को ठाउँमा स्टेडियम बनाउन सकिने छ। ‘ती देशहरुका लागि यो राम्रो अवसर हो जसले यहाँ सम्पूर्ण सुविधासम्पन्न गरि बनाइएको स्टेडियम पुन: प्रयोग गर्ने छन्’, मोहम्मद अल मुल्लाले भने।

विश्वकपका लागि स्टेडियमहरु

नाम

दर्शक क्षमता

निर्माण स्थिति

अल बायत स्टेडियम

६० हजार

निर्माणाधीन

अल जानुब स्टेडियम

४० हजार

तयार

अल रयान स्टेडियम

४० हजार

निर्माणाधीन

अल थुमामा स्टेडियम

४० हजार

निर्माणाधीन

एजुकेशन सिटी स्टेडियम

४० हजार

निर्माणाधीन

खलीफा स्टेडियम

४० हजार

तयार

लुसेल आइकोनिक स्टेडियम

८० हजार

निर्माणाधीन

रस अबु अबुद स्टेडियम

४० हजार

निर्माणाधीन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell