PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

वैद्यनाथको भेटेनरी औषधि पनि नेपालमा बिक्री सुरु



पहिलोपोस्ट

वैद्यनाथको भेटेनरी औषधि पनि नेपालमा बिक्री सुरु

काठमाडौः भारतको सबैभन्दा पुरानो तथा लोकप्रिय आयुर्वेदिक औषधि निर्माता ग्रुप वैद्यनाथ समूहले नेपालमा पनि भेटेनरी औषधि उपलब्ध गराउने भएको छ।

वैद्यनाथ समूहका अध्यक्ष भरत भूषण श्रीखण्डे र नेपालका लागि आधिकारिक बिक्रेता यमुना भेट डिष्ट्रिव्यसन प्रालिका प्रबन्ध निर्देशक यज्ञराज ढकाल बिच नेपालमा औषधि बिक्रीका लागि हालै सम्झौंता भएको छ।सम्झौंता कार्यक्रममा राष्ट्रिय खोप उत्पादन प्रयोगशाला वरिष्ठ पशु चिकित्सक उमेश दाहाल पनि सहभागी थिए।

समूहका अध्यक्ष श्रीखण्डेले नेपालमा स्तरीय औषधि उपलब्ध गराउने प्रतिबद्धता गरे। सन् १९१७ मा पण्डित रामदयाल जोशीले भारतमा वैद्यनाथ समूह स्थापना गरेका थिए। अहिले वैद्यनाथ समूहले सात सयभन्दाबढी वस्तु तथा सामाग्री उत्पादन गर्दै आएको छ।‘ नेपालमा आफ्नो कम्पनीको सामान विक्री गर्न पाएकोमा एकदमै खुसी छु। नेपालमा आउने सामानमा गुणस्तरको हिसाबले कुनै पनि सम्झौता हुँदैन,’ वैद्यनाथ ग्रुपकी मार्केटिङ म्यानेजर प्रिति साहले भनिन्। बैद्यना ग्रुपले उत्पादनको गरेको सामान नेपाल बाहेक, युरोप, अमेरिका लगायत देशमा बिक्री भइरहेको छ।

यमुना भेटका प्रबन्ध निर्देशक यज्ञराज ढकालले वैद्यनाथका भेटेनरी औषधी सहज र सर्वसुलभ रुपमा बिक्री गर्ने प्रतिवद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell