PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रम ओलीले सेना, प्रहरी र प्रशासन आफूअनुकूल बनाउन खोजे : कांग्रेस सभापति देउवा



नेत्र तामाङ

प्रम ओलीले सेना, प्रहरी र प्रशासन आफूअनुकूल बनाउन खोजे : कांग्रेस सभापति देउवा

भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रहेको बेमेलको रोग अब निमिट्यान्न पर्नुपर्ने बताएका छन्।

'अन्तर्घातीलाई अब कारबाही हुन्छ,' देउवाले भने, 'कसले रोक्दो रहेछ म पनि हेर्छु अब।'

उनले पार्टी एकता हुन जरुरी रहेको भन्दै प्रश्न गरे, 'पार्टी किन हार्‍यो हिजो? के साच्चै एकता छ त? एकता हुँदाहुँदै हारेको हो त?'

उनले यस्तो रोगबाट मुक्त हुनुपर्ने बताए।

'भक्तपुरको प्रदेश चुनाव कुनै हालतमा जित्नु पर्छ। भक्तपुर ऐतिहासिक ठाउँ हो। यहाँबाट ऐतिहासिक जित निकाल्नुपर्छ,' प्रदेश ३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, 'टिकट एउटाले मात्र पाउने भएकाले अर्कोलाई अन्याय हुन सक्छ। तर, पालो आउँछ। अन्तरघात भए कारबाही हुन्छ।' 

देउवाले प्रजातन्त्रमा प्रतिबन्ध लगाउन सरकार लागिपरेको आरोप पनि लगाए।

'हामी यही चिजका लागि २००७ सालबाट लड्दै आएका छौं। त्यसैले जनताको हक खोस्न दिँदैनौ,' उनले भने, 'ओली सरकारले आफूप्रति प्रतिवद्ध प्रहरी, प्रतिवद्ध सेना, प्रतिवद्ध प्रशासन बनाउन खोजेका छन्। यस्तो प्रयासविरुद्ध कांग्रेसले ठूलै आन्दोलन गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell