PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपालको श्रीलंकालाई १६० रनको लक्ष्य, तस्बिरमा हेर्नुहोस्

नेपालको श्रीलंकालाई १६० रनको लक्ष्य, तस्बिरमा हेर्नुहोस्

पहिलोपोस्ट /पहिलोपोस्ट


श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य प्रस्तुत गरेको छ।  टस जितेर ब्याटिङ रोजेको नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल प्रभावित गरेपछि खेल ४२ ओभरमा छोट्याइएको थियो। नेपालले पुरै ४२ ओभर खेलेर ९ विकेटको क्षतिमा १५९ रन बनाएको हो।

नेपालको लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेले। उनले ८५ बलमा ५४ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए। त्यस्तै, हरिबहादुर चौहानले १२ रन बनाउँदै आउट भए।  त्यस्तै राशिद खानले १५ रन बनाए। ओपनर पवन सर्राफ ४ रन र आशिफ शेख ७ रनमा पभेलियन फर्किए।

सूर्य तामाङ, भीम सार्की र सागर ढकालले समान १/१ रन बनाउदै फर्किदा कमल सिंह ऐरी र कुशल मल्लले समान २/२ रन बनाए।
यता, श्रीलंकाका लागि दिल्सन मधुसांका र एन डी परनभिथानाले समान ३/३ विकेट तथा , आशियान डानियल र रोहन सञ्जयले समान  १/१ विकेट लिए।

प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell