PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
फाइल फोटो ।

काठमाडौं : दुई साता लामो सिंगापुर बसाईपछि स्वदेश फर्किएका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर भेटेका छन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओली सिंगापुरबाट आज मध्यान्न मात्रै स्वदेश फर्किएका हुन्।

दुई अध्यक्षको भेटमा प्रधानमन्त्रीले राजनीतिक गतिविधिका विषयमा चासो राखेको उनले बताए।

प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि प्रचण्ड डेंगुको उपचार गराइरहेका कृषिमन्त्री चक्रपाणी खनालको स्वास्थ्य बुझ्न ग्राण्डी  अपताल पुगेका थिए। प्रचण्डले मन्त्री खनालको स्वास्थ्य लाभको कामना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell