PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

निक्की मिनाजले फ्यानहरुलाई पारिन् चकित, संगीतबाट सन्यास लिएको घोषणा



पहिलोपोस्ट

निक्की मिनाजले फ्यानहरुलाई पारिन् चकित, संगीतबाट सन्यास लिएको घोषणा
फोटो : GETTY IMAGES ।

अमेरिकन र्‍यापर निक्की मिनाजले विहीवार गरेको एउटा ट्वीटले उनका फ्यानहरुलाई निकै चकित तुल्यायो। निक्कीका फ्यानहरु चकित त भए नै तर साथमा दुखी पनि भए।

माइक्रो ब्लगिङ साइट ट्वीटरका २० करोड फ्यानहरुलाई चकित पार्दै निक्कीले विहीवार आफूले र्‍यापबाट सन्यास लिएको घोषणा गरेकी छिन्। उनले परिवारलाई समय दिन चाहेको पनि बताएकी छिन्।

 

निक्कीले विवाह गरेको अथवा आफू गर्भवती भएको केही पनि सार्वजनिक गरेकी छैनिन्। तर उनले गत जुन महिनामा प्रेमी केनेथ जु पेट्टीसँग विवाह गर्ने योजना बनाएको खुलाएकी थिइन्। साथमा उनले ट्वीटरको नाम 'मिसेस पेट्टी' राखेकी थिइन्।

१० वर्षअघि उनी 'पिंक फ्राइडे' एल्बमका साथ र्‍याप म्युजिकमा प्रवेश गरेकी थिइन्। उनी ६ वटा अमेरिकन म्युजिक अवार्ड जित्ने सीमित महिला र्‍यापरमध्येकी एक हुन्। उनी 'अमेरिकन आइडल'की विवादास्पद निर्णायक पनि बनेकी थिइन्। त्यस्तै उनी २०१६ मा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell