PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

यू १९ एसिया कप– नेपाल श्रीलंकासँग पराजित



पहिलोपोस्ट

यू १९ एसिया कप– नेपाल श्रीलंकासँग पराजित

श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपाल श्रीलंकासँग पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले श्रीलंकालाई १६० रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ९ ओभरमा २ विकेटको क्षतिमा ४३ रन बनाउँदा वर्षाले खेल प्रभावित गरेपछि खेल ४२ ओभरमा छोट्याइएको थियो।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा भेट्न सफल भयो। श्रीलंकाका लागि कमिल मिश्राले अर्धशतकीय पारी खेल्दै सर्बाधिक ५५ रनको योगदान दिएका थिए। त्यस्तै, आहन विक्रमसिङ्गेले महत्वपूर्ण ३० रन बनाउँदा अभिस्का थारिन्डुले अभिजित २५ रन बनाए। त्यस्तै कप्तान निपुन पेरेराकाे १८ रन पनि श्रीलंकाका लागि महत्वपूर्ण बन्न पुग्याे।

बलिङमा नेपालका लागि राशिद खानले २ विकेट तथा पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए।
नेपालको व्याटिङतर्फ ओपनर रित गौतमले अर्धशतकीय पारी खेले। उनले ८५ बलमा ५४ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ४७ रन बनाए। त्यस्तै हरिबहादुर चौहानले १२ रन बनाउदै आउट भए।  त्यस्तै राशिद खान १५ रन बनाए। ओपनर पवन सर्राफ ४ रन र आशिफ शेख ७ रनमा पभेलियन फर्किए।

सूर्य तामाङ, भीम सार्की र सागर ढकाल पनि समान १/१ रन बनाउदै फर्किदा कमल सिंह ऐरी र कुशल मल्लले समान २/२ रन बनाए।
यता, श्रीलंकाका लागि दिल्सन मधुसांका र एन डी परनभिथानाले समान ३/३ विकेट तथा, आशियान डानियल र रोहन सञ्जयले समान  १/१ विकेट लिए।
प्रतियोगितामा नेपाल समूह बी मा रहेको छ। समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell