PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

चिनियाँ विदेशमन्त्री वाङ यी आइतवार नेपाल आउने



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री वाङ यी आइतवार नेपाल आउने
फोटो : Reuters ।

काठमाण्डौं: चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन्।

पराराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वाङ यी आइतबार काठमाडौं आइपुग्ने उल्लेख छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन। नेपालमा रहँदा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र विदेशमन्त्री वाङ यीसँग द्वीपक्षीय हितका विषयमा कुरा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell