PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सुर्खेतमा पनि तीन जनालाई डेंगु



पहिलोपोस्ट

सुर्खेतमा पनि तीन जनालाई डेंगु
Joao Paulo Burini / Getty Images

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि तीन जनालाई डेंगु संक्रमण देखिएको छ। प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार गर्नेक्रममा उक्त संक्रमण देखिएको हो।

वीरेन्द्रनगर–४ का ३५ वर्षीय उदय सुनार, बराहताल गाउँपालिका–१ हरिहरपुरकी १२ वर्षीया एलिना पुलामी र वीरेन्द्रनगर–६ का ३५ वर्षीय जयकिसन विकलाईलाई डेंगुको संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय कीटजन्य रोग अधिकृत तथा महामारी रोग नियन्त्रण फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए।

तीन जनामध्ये सुनार र पुलामी अस्पतालबाट डिस्चार्ज भइसकेको र नियमित औषधी सेवन गरिरहेको बताए।

विक भने वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचारको क्रममा रहेको बताए। अधिकृत आचार्यका अनुसार विक र पुलामी डेंगुको नयाँ विरामी भए पनि सुनारdf भने पुरानो संक्रमण भएको बताए।

झण्डै पाँच वर्षअघि सुर्खेतमा एक जना डेंगु संक्रमणले नै मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell