PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भीमफेदीमा सुमो जीप दुर्घटना हुँदा एक शिशुसहित तीन जनाको मृत्यु



रासस

भीमफेदीमा सुमो जीप दुर्घटना हुँदा एक शिशुसहित तीन जनाको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको छ।

मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्।

आज भीमफेदीको जुरिखेतमा ना १ ज ३६४० नम्बरको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको घटनास्थलमै र अन्य दुईको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाको जीप भीमफेदीको चिहानडाँडाबाट तल झर्दा दुर्घटना भएको जनाइएको छ।

घाइतेहरुको भीमफेदी अस्पताल, हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। घाइतेमध्ये एक बालक रहेका छन्।

काठमाडौँ–हेटौँडा छोटो मार्गअन्तर्गत जुरिखेतको चिहानडाँडाबाट टाटा सुमो कम्पनीको जीप एक सय मिटर तल झरेको हो। घाइते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाइवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम र सिन्धुलीका दलबहादुर डिम्डुम रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell