PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

गौहत्या प्रकरणमा सम्लग्न थप दुई जना पक्राउ



पी बी खड्का

गौहत्या प्रकरणमा सम्लग्न थप दुई जना पक्राउ

सुर्खेत : गौहत्या प्रकरणमा सम्लग्न थप दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्ज उप–महानगरपालिका अन्तरगतको नगर प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक 'विकी' भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

उनीहरुलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको हो। दुवैलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

गाईलाई सुर्खेतको कटकुवा जंगलमा छोडेर फर्कदै गरेका ट्रक चालक र सहचालक गरी सात जनालाई प्रहरीले यस अघिनै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

भदौ १३ गते नेपालगञ्ज उप–महानगरपालिकामा रहेको काञ्जिहाउसबाट ल्याईएका पशु चौपाया दैलेखको श्रीस्थान पुर्‍याउने भन्दै वीरेन्द्रनगर सुर्खेतको ब्युरेनी, सुब्वाकुना र कटकुवामा गरी ३६ वटा गाई गोरु मृत भेटिएका थिए ।

नेपालगञ्ज उप–महानगर र जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत दैलेखका लागि पठाईएका तीन सय ७० गाई गोरु तथा बाच्छा बाच्छी मध्ये साढे दुई सय बढी पशु नेपालगञ्ज काञ्जिहाउसमै फिर्ता गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell