PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ज्वरो आएकी महिलालाई बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ



रासस

ज्वरो आएकी महिलालाई बोक्सी लागेको भन्दै यातना दिने दुई जना पक्राउ

बनियानी : झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका–२ की  ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जी रहेका छन्। उनीहरुले सोही स्थानकी एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

'पीडित महिलालाई ज्वरो आएको रहेछ' इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भने, 'उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।'

व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उनले बताए।

दर्जीले गत १९ गते रातको १०:४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए। पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताए।

पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell