PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दुई दिनअघि हराएकी बालिका मृत फेला



रासस

दुई दिनअघि हराएकी बालिका मृत फेला

चितवन : भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन्। कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन्। उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन्।

उपचारका लागि भरतपुर अस्पताल ल्याइएको उनलाई अस्पतालले मृत घोषणा गरेको हो। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell