PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कुवेतबाट नेपाल फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने



पहिलोपोस्ट

कुवेतबाट नेपाल फर्किएको नेपाली फुटबल टोली आजै ताइपेइ जाने

विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफायर्स अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाल फर्किएको नेपाली टोली आजै चाइनिज ताइपेइ प्रस्थान गर्ने भएको छ।

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको पहिलो खेलमा कुवेतसँग खेलेर नेपाली टोली आजै बिहान काठमाडौं ओर्लिएको थियो। नेपालले कुवेतसँगको खेलमा ७–० को पराजय भोगेको थियो। खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ५ गोल खाँदै फराकिलो अन्तरको पराजय भोगेको थियो।

नेपाली टोली आजै बेलुकी चाइनिज ताइपेएई प्रस्थान गर्ने  बताइएको छ। नेपालले अब भदौ २४ गते चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। नेपाल रहेको समूह बीमा कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलिया रहेका छन्। चाइनिज ताइपेइ पनि यसअघि नै जोर्डनसँग २–१ गोल अन्तरले पराजित भइसकेको छ।

समूह बी मा जोर्डन र कुवेतले समान १/१ खेल जितेका छन् भने नेपाल र चाइनिज ताइपेइले १/१ खेल गुमाएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell