PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दुई थान पेस्तोल सहित काठमाडौंमै सात जना पक्राउ



पहिलोपोस्ट

दुई थान पेस्तोल सहित काठमाडौंमै सात जना पक्राउ

काठमाडौँ : प्रहरीले अवैध हतियार पेस्तोल सहित सात जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले उनीहरुलाई माछापोखरीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

‘हतियार सहित सात जनालाई नियन्त्रणमा लिएका छौँ। थप अनुसन्धान भइरहेको छ,‘ प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र चार थान गोली समेत बरामद गरेको डिएसपी बोगटीले पुष्टि गरे।

पक्राउ गरेका उनीहरू लुटपाट समूहमा संलग्न भएको आशङ्का गरिएपछि पुष्टि भने भइसकेको छैन।

‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ। थप पछि खुल्दै जान्छ,‘ डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell