PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

'लिलिबिलि' फिल्मका निर्देशक र वितरकबीच हिसाबकिताब विवाद



पहिलोपोस्ट

'लिलिबिलि' फिल्मका निर्देशक र वितरकबीच हिसाबकिताब विवाद

काठमाडौैं: 'लिलिबिलि' फिल्मको वितरक कम्पनी काफिया फिल्म्स् प्रालिका संचालक गोविन्द बहादुर शाहीले फिल्मका निर्माता र निर्देशकले शक्ति र पदको दुरुपयोग गरेको आरोप लगाएका छन्।

शाहीले शनिवार विज्ञप्ति जारी गर्दै फिल्मको नाफा नोक्सानमा भएको विवादको सम्बन्धमा उनीहरुले शक्ति र पदको दुरुपयोग गरेर आफूलाई पक्राउ गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

फिल्मको प्रमुख वितरक कम्पनी काफिया फिल्म्स,  निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्लिङ राईबीच फिल्मको नाफा नोक्सानको बारेमा जुट्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सहमति जुट्न नसकेपछि आफूहरु कानुनी उपचारको प्रक्रियामा समेत लागिसकेको उक्त विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell