PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

थारु कल्याणकारिणी सभाको ६ बुँदे माग, प्रधानमन्त्रीसँग पहल  गर्ने प्रचण्डको आश्वासन



पहिलोपोस्ट

थारु कल्याणकारिणी सभाको ६ बुँदे माग, प्रधानमन्त्रीसँग पहल  गर्ने प्रचण्डको  आश्वासन

ललितपुर : ललितपुर थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनीतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

सभाले आन्दोलन राजनीतिक भएकाले समाधान पनि राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ। आइतवार नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटारमा भेटी सभाका अध्यक्ष धनीराम चौधरीसहितको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा राज्यका हरेक अंग, तह र तप्कामा संवैधानिक व्यवस्था अनुसार समानुपातिक समावेशी प्रतिनिधित्व कार्यान्वयन गर्न र लोकसेवा आयोगको प्रकाशित विज्ञापन अविलम्ब खारेजीको माग पनि गरिएको छ।

ने क पा अध्यक्ष दाहालले थारुहरुको मागप्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने बताए। उनले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको भन्दै ती समुदायको हित र अधिकारबिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell