PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न : डेंगु नियन्त्रणका लागि सेना परिचालन किन?



पहिलोपोस्ट

कांग्रेस सांसद डिला संग्रौलाको प्रश्न : डेंगु नियन्त्रणका लागि सेना परिचालन किन?

काठमाडौं : नेपाली काँग्रेसकी प्रतिनिधिसभा सदस्य डिला संग्रौलाले डेंगु नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा ध्यानाकर्षण गराएकी छिन्।

संग्रौलाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा डेंगु नियन्णमा सरकारले सुरुवातदेखि नै ध्यान दिन नदिएको आरोप लगाउँदै उक्त भनाइ राखेकी हुन्।

डेंगु रोगका कारण ४ जनाको मृत्यु भइसकेको उल्लेख गर्दै उनले संक्रमण न्यूनीकरण गर्नुको सट्टा स्वास्थ्यमन्त्री आफैंले सेना परिचालनको कुरा गर्नु ठीक नभएको बताइन्।

भनिन्, 'डेंगु संक्रमण नरोकेर स्वास्थ्यमन्त्रीले डेंगुको नियन्त्रणका लागि सेना परिचालन गर्ने हो कि भन्ने भनाइ आउँछ, किन यस्तो भनाइ आएको छ?'

अस्पतालमा उपचार गराउने र घरमा बस्नेको संख्या एकिन नभएको बेला यसबारे सरकारले गम्भीर ध्यान दिनुपर्ने संग्रौलाको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell