PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

अर्थमन्त्रीले नै समानुपातिक सांसदमाथि विभेद गरेको नवीना लामाको आरोप



पहिलोपोस्ट

अर्थमन्त्रीले नै समानुपातिक सांसदमाथि विभेद गरेको नवीना लामाको आरोप

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद् नवीना लामाले आफ्नै सरकारको अर्थमन्त्री डा युवराज खतिवडाले समानुपातिक सांसदलाई विभेद गरेको आरोप लगाएककी छिन्।

आजको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद लामाले नीति निर्माण तहमा नै विभेद गरिएको आरोप लगाएकी हुन्।

एउटै सदनमा समानुपातिक र प्रत्यक्ष सांसदलाई अर्थमन्त्री खतिवडाले विभेद गरेको तर्क गर्दै सांसद लामाले प्रश्न गरिन्,  'सदनमा अर्थमन्त्रीले नै विभेद गर्नुभयो, यसको कार्यविधि पनि विभेदकारी आउँछ कि?'

नीति निर्माण तहमै विभेद भयो भने जनतामा गलत सन्देश जाने उल्लेख गर्दै उनले थपिन्, 'नीति निर्माण तहमा नै विभेद भयो भने जनतामा कुस्तो सन्देश जान्छ?' पछिल्लोपटक समानुपातिक सांसद्हरुले सदनमा विभेद भएको भन्दै विरोध जनाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell