
कीर्गिस्तानमा जारी नादेज्दा कपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दै छ।
खेल दिउँसो ११ः४५ बाट सुरुहुने खेल काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुँदैछ। पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि ८–२ को जित निकालेको नेपाली टिम उच्च मनोबलका साथ उत्रने छ। नेपाल आजको खेलमा जित निकाल्दै नेपाल फाइनल यात्रा सहज बनाउन चाहन्छ। यद्यपि ताजकिस्तानलाई १२–० ले पराजित गरेकाे उज्बेकिस्तान बलियाे टाेली हाे। आजको उज्बेकिस्तान विरुद्दको खेलमा पनि नेपालकाे कीर्गिस्तानसँग खेलेको सेट नै उत्रने छन्।
लाइभ भिडियाे
नेपालकाे प्लेइङसेट
गोलरक्षक : एन्जिला सुब्बा
डिफेन्डर : अमृता जैसी, पुनम जर्घा मगर, गिता राना, हिरा भुजेल
मिडफिल्डर : रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन
स्ट्राइकर : निरु थापा (कप्तान), सावित्रा भण्डारी