PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

युएस ओपन टेनिसको उपाधि राफेल नाडाललाई



पहिलोपोस्ट

युएस ओपन टेनिसको उपाधि राफेल नाडाललाई

न्युयोर्कमा सम्पन्न युएस ओपन टेनिसको उपाधि विश्व नम्बर २ राफेल नाडालले जितेका छन्।

स्पेनका स्टार नाडालले फाइनलमा रुसका डेनिल मेडवेडेवलाई पराजित गरे। नाडालले ७–५, ६–३, ५–७, ४–६, ६–४ सेटमा संघर्षपूर्ण जित निकालेका हुन्। १९ औं ग्राण्डस्लाम जितेसँगै ३३ वर्षीय नाडाल आफ्ना प्रतिद्वन्दी रोजर फेडररभन्दा १ स्टेप पछि रहेका छन्। फेडररले २० पटक ग्राण्ड स्लेम जितिसकेका छन्।

नाडालले यो सहित चौथो पटक युएस ओपनको उपाधि जितेका हुन। उनले यसअघि सन् २०१०, २०१३ र २०१७ मा उपाधि जितेका थिए।
 

सबैभन्दा धेरै ग्राण्ड स्लेम जित्ने खेलाडी
रोजर फेडरर स्वीजरल्याण्ड            २०  
राफेल नाडाल स्पेन                      १९
नोवाक जोकोविच सर्बिया              १६
पेटे साम्प्रास                              १४
रोय इमर्सन                               १२



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell