
कीर्गिस्तानमा जारी नाडेज्दा कपको आज भएको खेलमा नेपाल आज उज्बेकिस्तानसँग पराजित भएको छ।
पहिलो खेलमा घरेलु टोली कीर्गिस्तानमाथि सहज जित निकाल्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा बलियो मानिएको उज्बेकिस्तानसँग पराजित हुन पुग्यो।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा आज भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको थियो। खेलको ३४ मिनेटमा पहिलो गोल तथा ५१ औं मिनेटमा अर्को गोल खाँदै नेपाल २–० गोल अन्तरले पराजित हुन पुग्यो।
नेपालले तेस्रो खेलमा मंगलबार ताजकिस्तानको सामना गर्ने छ। पहिलो खेलमा ताजकिस्तान उज्बेकिस्तानसँग १२–० को गोलअन्तरले पराजित भएको थियो।