PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

पर्सा प्रहरीको जवान घुस रकमसहित अख्तियारको फन्दामा



राधेश्याम पटेल

पर्सा प्रहरीको जवान घुस रकमसहित अख्तियारको फन्दामा

वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ५ हजार रुपैयाँ घुस रकमसहित जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्भीराद साह तेलीलाई पक्राउ गरेको छ।

वीरगन्ज माईस्थानस्थित भरत दही भण्डार पसलमा सेवाग्राहीबाट लिएको घुस रकमसहित उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हेटौंडास्थित आयोगको कार्यालय प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। पक्राउ परेका प्रहरी ज़वान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडा लगी थप अनुसन्धान गरिने टोलीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell