PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

डेंगुको उपचारपछि आज डिस्चार्ज भए कृषि मन्त्री खनाल



पहिलोपोस्ट

डेंगुको उपचारपछि आज डिस्चार्ज भए कृषि मन्त्री खनाल
फाइल फोटो

काठमाडौं : कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनाल सोमवार अस्पतालबाट डिस्चार्ज भएका छन्। डेंगुको संक्रमण देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा ५ दिन उपचार गरी मन्त्री खनाल आज डिस्चार्ज भएका हुन्।

सामान्य ज्वरो आएपछि मन्त्री खनाल १८ गते पुल्चोकस्थित निदान अस्पतालमा जाँच गराउन पुगेका थिए।

त्यहाँ रगत जाँच गर्ने क्रममा डेंगुको संक्रमण देखिएकाले सोही दिन साँझै ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।

मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार उनी निको भइसके पनि अझै केही दिन आराम गर्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन्। प्रेस संयोजक गिरीका अनुसार मन्त्री खनाल आज दिउँसाे १ बजे डिस्चार्ज भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell