PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कलेज पढ्ने किशोरीलाई दुर्व्यवहार गरेपछि पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ



पहिलोपोस्ट

कलेज पढ्ने किशोरीलाई दुर्व्यवहार गरेपछि पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ

काठमाडौः पूर्व सभासद् योगेन्द्र घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले २०७० को संविधानसभा सदस्य घिसिङलाई नियन्त्रणमा लिएको हो। सार्वजनिक सवारीमा एक युवतीलाई दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई नियन्त्रणमा लिएको परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्।

'एक कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको उजुरी आएपछि हामीले नियन्त्रणमा लिएका हौं', उनले भनिन्।

घिसिङ तत्कालीन माओवादी केन्द्रको तर्फबाट समानुपतिक सभासद थिए। पार्टीले घिसिङलाई साधारण सदस्यमा समेत नरहने गरी निस्कासन गरेको थियो। सोमबार दिउँसो घिसिङले सार्वजनिक सवारीमा नै दुर्व्यवहार गरेपछि बसमा सवार यात्रुले प्रहरीलाई खबर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell