PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

चिनियाँ विदेशमन्त्री वाङ र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट, आर्थिक सहयोगबारे कुराकानी



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री वाङ र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट, आर्थिक सहयोगबारे कुराकानी
फोटो : प्रधानमन्त्रीको नीजि सचिवालय ।

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलगायत आर्थिक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ।

नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए।

वाङ यी र नेपाली समकक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell