
ललितपुर : नेत्र विक्रम चन्द 'विप्लव' समूहका दुई जना जिल्ला इन्चार्जहरु नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्।
रामेछापका इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र सिन्धुपाल्चोकका इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’ ने क पामा प्रवेश गरेका हुन्।
सोमबार साँझ खुमलटारमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा विप्लव समूहका काभ्रे जिल्लाका जिल्ला समिति सदस्य राजकुमार बुढाथोकी पनि ने क पा प्रवेश गरेका थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले ने क पा सबै परिवर्तनकारी क्रान्तिकारीहरुको पार्टी भएको बताए।
उनले भने, ‘समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै क्रान्तिकारी परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्छ।’