PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

नेपाललाई छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौँ : प्रम ओली



पहिलोपोस्ट

नेपाललाई छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौँ : प्रम ओली
फोटो : प्रधानमन्त्रीको नीजि सचिवालय ।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन आफू प्रतिवद्ध रहेको बताएका छन्। आज चिनियाँ विदेशमन्त्री वाङ यीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले सो कुरा गरेको ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणका बेला भएका सहमती कार्यान्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको उनले बताए।

'हामी विगतका सहमतीअनुसार अघि बढेर जान चाहन्छौं र तपाईको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ' भेटमा प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपाल चीनको 'एक चाइना नीति'को पक्षमा रहेको स्पष्ट पारे।

'नेपालको भूभाग हामी कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौँ भन्नेमा हामी दृढ छौं' भेटमा ओलीले भने।

प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडो होस् भन्ने अपेक्षा राखेका बताएका थिए।

विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पुरा हुने बताएका छन्।

'चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हुदैछ। त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ' विदेश मन्त्री यीको भनाइ उधृत गर्दै डा भट्टराईले भने।

प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सि जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले सुस्वास्थ्यको लागि शुभकामना पठाएको विदेशमन्त्री यीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell