PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावटको मुद्दा, साढे सात करोड बिगो दाबी



पहिलोपोस्ट

नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावटको मुद्दा, साढे सात करोड बिगो दाबी

काठमाडौँः राजस्व अनुसन्धान विभागले बाँकेको खजुरास्थित नेपाल पान मसला उद्योगमाथि राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७३/०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोगमा विभागले सोमबार बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले मुद्दा दायर गरेको हो।

विभागले उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ बिगो कायम गरेको छ। उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई पनि विभागले प्रतिवादी कायम गरेको छ।

राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ। यस्तै, बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell