PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने



पहिलोपोस्ट

अब पाइपलाइनबाट पेट्रोलियम पदार्थ, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ : भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको ७० किलोमिटर लामो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। नेपाल र भारत दुवै देशका प्रधानमन्त्री एकैसाथ स्विच थिचेर पाइपलाइनको औपचारिक रुपमा उद्घाटन गर्दैछन्। मंगलबार मध्याह्न १२ः१५ मा दुवै देशका प्रधानमन्त्रीले एकैसाथ परियोजना उद्घाटन गर्नेछन्।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ-आफ्नो कार्यालयमा स्विच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै तेल अमलेखगन्ज आउनेछ।

लामो समयपछि कुनै पनि परियोजना समयभन्दा अघि नै सकिएको हो। ३० महिनामा सक्ने लक्ष्य राखिएको परियोजना करिब डेढ वर्षमा नै सकिएको हो।

०७४ चैतमा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए।

यसअघि साउन पहिलो साता पाइपलाइनको परीक्षण गरिएको थियो। नेपालतर्फ भने पाइपलाइन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात भएपछि ढुवानीमा खर्च हुँदै आएको ठूलो रकम जोगिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell