PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

पाइलपलाइनबाट पेट्रोलियम : उद्घाटनकै दिन घटाइयो भाऊ



पहिलोपोस्ट

पाइलपलाइनबाट पेट्रोलियम : उद्घाटनकै दिन घटाइयो भाऊ

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबारदेखि लागू हुने गरी तीनखाले इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो। नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले तेलको मूल्य घटाएको हो।

अब काठमाडौंका उपभोक्ताले पेट्रोल लिटरको १ सय ७ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य लिटरको ९५ रुपैयाँ कायम भएको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

निगमका अनुसार झापा, विराटनगर, महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा पेट्रोल १ सय ५ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९३ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ। निगमका अनुसार दाङ र पोखरामा भने पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९४ रुपैयाँ ५० पैसामा पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell