PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

पेस्तोल बोकेर काठमाडौँ छिरेका ‘सार्पसुटर’ पक्राउ : को थियो टार्गेट?, खोज्दै प्रहरी



पहिलोपोस्ट

पेस्तोल बोकेर काठमाडौँ छिरेका ‘सार्पसुटर’ पक्राउ : को थियो टार्गेट?, खोज्दै प्रहरी
शनिवार काठमाडौंमा बरामद भएको पेस्तोल

काठमाडौं : प्रहरीले एक जना सार्पसुटरलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त जागतीबाट खटिएको टोलीले भक्तपुरको भातेढिकुरबाट एक जनालाई नियन्त्रणमा लिएको हो। बाराको फेटा गाउँपालिका वडा नम्बर ३ घर भएका ३८ वर्षीय शम्भुप्रसाद साहलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरमा एसपी सविन प्रधानले जानकारी दिए।

‘विशेष सूचनाको आधारमा साहलाई नियन्त्रणमा लिएर तलासी गर्दा एक थान हतियार फेला परेको हो,‘ उनले भने।

साहको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र गोली समेत बरामद गरेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानमा साह सार्पसुटर भएको देखिएको छ। कसैलाई धम्काउने वा हत्या गर्ने उद्देश्यले काठमाडौँ आएको देखिएको छ।

‘प्रारम्भीक अनुसन्धानमा सुटर नै देखिएको छ। बाँकी के हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौँ,' एसपी प्रधानले भने।

शनिवार मात्र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले माछापोखरीबाट ८ जना लुटेरा समूहलाई दुई थान चाइनिज पेस्तोल सहित नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell