PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

दोस्रो जागरण अभियानको पहिलो दिन : वीपी कोइरालाको सम्झनामा करिब ३५ हजार विरुवा रोप्दै काँग्रेस



पहिलोपोस्ट

दोस्रो जागरण अभियानको पहिलो दिन : वीपी कोइरालाको सम्झनामा करिब ३५ हजार विरुवा रोप्दै काँग्रेस

काठमाडौं : नेपाली कांग्रेसले वीपी कोइरालाको १०६ औं जन्म जयन्ती देशभर मनाउँदैछ।

कोइरालाको जन्म जयन्तीकै अवसरमा दोस्रो राष्ट्रिय जागरण अभियान शुरु गरेको कांग्रेसले देशभरका प्रत्येक प्रदेश तहमा १०६ वटा विरुवा रोप्ने कार्यक्रम बनाएको छ। जागरणको उद्घाटनमा ३३० प्रदेश गरी देशभर एकै दिन ३४ हजार ९८० विरूवा रोपेर पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

ती विरुवालाई विशेष संरक्षणका साथ हुर्काउने व्यवस्थासमेत गरिने कांग्रेसले जनाएको छ।

जागरण अभियान उद्घाटन गर्न सभापति शेरबहादुर देउवा सुनसरी पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल कास्की। यसैगरी उपसभापति विमलेन्द्र निधि धनुषा र उपसभापति विजयकुमार गच्छदार सुनसरी पुगेका छन्।

मकवानपुरमा महामन्त्री डा. शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का र काठमाडौंमा कोषाध्यक्ष सीतादेवी यादवलाई खटाइएको छ।

कोषाध्यक्ष यादवले बिहान ८ बजे काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने त्रिभुवन विमानस्थलबाहिर विरुवा रोपेर जागरण अभियानको आरम्भ गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell