PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

एनसेलको पक्षमा फैसला गर्ने न्यायाधिशलाई महाअभियोग लगाउन सांसद बानियाको माग



पहिलोपोस्ट

एनसेलको पक्षमा फैसला गर्ने न्यायाधिशलाई महाअभियोग लगाउन सांसद बानियाको माग

काठमाडौं : प्रतिनिधिसभाका सदस्य मोहन बानियाले एनसेल प्रकरणको फैसलामा घोटला भएको भन्दै न्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्।

मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद बानियाँले न्यायलयले आफ्नो क्षेत्राअधिकार मिच्दै आएको आरोप लगाए।

उनले भने, 'न्याय क्षेत्र, जसलाई हामी रक्षक भन्छौं, रक्षक नै भक्षक भयो भने त्यो क्षेत्रलाई हामीले के औषधि गर्ने? महाअभियोगको प्रस्ताव ल्याउने कि नल्याउने? यो ल्याउनैपर्छ।'

उनले थपे, 'राष्ट्रलाई दोहन गर्ने, राष्ट्रको अत्याचार गर्ने, नियम र कानुनलाई मिचेर सरासर दिनमै सूर्यलाई हत्केलाले छेक्ने जुन निकाय हो, त्यो निकायलाई अत्याधिक मात्रामा कानुनी कारबाही गर्नुपर्छ। महाभियोग प्रस्ताव पास गर्नुपर्छ।'

त्यस्तै सांसद यज्ञराज सुनुवारले सर्वोच्च अदालतले गरेको एनसेलको फैसललाले प्रश्न उब्जाएको बताए।

उक्त फैसलाले एनसेल र सञ्चालकलाई तथा फैसला गर्ने र वरिपरिलाई पनि फाइदा पुगेको भन्ने जनचासो रहेको उनले बताए। सुनुवारले यस विषयमा छानवीन गर्न माग गरे।

एनसेलको पुँजीगत लाभकरसँग सम्बन्धित विषयमा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले जरिवाना मिनाहा हुने गरी फैसला गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell