PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सांसद शाहीको प्रश्न : 'जनतामाझ के संदेश लिएर जाऔँ?'



पहिलोपोस्ट

सांसद शाहीको प्रश्न : 'जनतामाझ के संदेश लिएर जाऔँ?'

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य रंगमती शाहीले सरकारको कामप्रति व्यंग्य गरेकी छिन्।

उनले आज संसदमा बोल्दै सांसदहरुले आफ्नो जिल्लामा जाँदा जनतालाई के संदेश दिने भन्ने विषयमा चिन्ता लागेको बताइन्।

उनले भनिन्, 'जनताको माझ के सन्देश लिएर जाऔँ? प्रधानमन्त्रीले उद्घाटन गरेको पानीजहाजको बोर्ड थन्किएको छ, टिकट काट्नका लागि आह्वान गर्नुहुन्छ, जनता लाइनमा छन् टिकट पाएका छैनन् भनेर जाऔँ की मेलम्चीको पानी बगेर सडकका खाल्टाखुल्टीमा पानी भरिएको छ। र त्यसमा पानी जाहाज चलिरहेका छन् भन्ने सन्देश लिएर जाऔ? प्रधानमन्त्रीले सुरुवात गर्नुभएको वृक्षारोपण कार्यक्रमले काठमाडौं हराभर भइसक्यो। आज धुलो धुवाँमुक्त भइक्यो भनेर सन्देश लिएर जाऔं?'

उनले थपिन्, 'निर्मला पन्तजस्ता घटना हिजो पनि थिए। आज पनि थियो भनेर सरकारका मन्त्रीहरुले अभिव्यक्ति दिदै हुनुहुन्छ। आज महिला हिंसा, हत्या, बलात्कारमा सरकारले मलजल गरिरहेको छ।'

उनले एनसेललाई कर नलाग्ने र साइकलमा स्याउ बोकेर हिडनेलाई कर लाग्ने गरेको भन्दै आपत्ति जनाइन्। उनले जुम्लामा स्याउ रुखमै कुहिने गरेको भन्दै भारतबाट आयातित स्याउ ३ सय रुपैँया तिरेर खानुपर्ने अवस्था रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell