PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नाडेज्दा कपः ताजकिस्तानलाई हराउँदै नेपाल फाइनलमा



पहिलोपोस्ट

नाडेज्दा कपः ताजकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

कीर्गिस्तानमा जारी नाडेज्दा कपको आज भएको खेलमा ताजकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टिम फाइनलमा प्रवेश गरेको छ।

सावित्रा भण्डारीको गोलसँगै नेपालले ताजकिस्तानमाथि १–० गोल अन्तरले जित निकाल्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको ८५ औ मिनेटमा सावित्रा भण्डारीले गरेको गोल आजको खेलमा निर्णायक बन्न पुग्यो। उज्बेकिस्तान विरुद्धको खेलमा कप्तान निरु थापा घाइते भएसँगै रेणुका नगरकोटीले कप्तानी सम्हालेकि थिइन। 

पहिलो खेलमा घरेलु टोली कीर्गिस्तान माथि ८–२ गोल अन्तरको सहज जित निकालेको नेपाली टोली दोस्रो खेलमा प्रतियोगिताकै बलियो मानिएको उज्बेकिस्तानसँग २–० ले पराजित भएको थियो। त्यस्तै आज भएको समूह चरणको तेस्रो खेलमा ताजकिस्तानमाथि १–० को गोलअन्तरले जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। 

नडेज्दा कपलाई नेपालमा यही मंशीरमा आयोजना हुन गइरहेको दक्षिण एसियाली खेलकुदको तयारीको रुपमा हेरिइएको छ।

यता उज्बेकिस्तानले यस अघिका सबै खेलमा जित निकाल्दै फाइनल प्रवेश गरिसकेको छ। नेपाल र उज्बेकिस्तानबीचको फाइनल खेल बिहीबार हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell