
काठमाडौं : श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनले पराजित गरेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यूएईसामु २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। यूएईलाई नेपालले ३४.४ ओभरमा १२५ रनमै अलआउट गर्दै जित दर्ता गराएको हो।
युएईलाई सस्तोमै समेट्न नेपालका सागर ढकालले ३ तथा रसिद खान, सूर्य तमाङ र पवन शर्राफले समान २ विकेट लिए।
युएईको लागि वृतिया अरविन्दले २८ रन र अलिसान सराफूले २१ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपाललाई जिताउन कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रन, सन्दीप झोराले ४८, आसिफ सेखले ४५ तथा रासिद खानले ४४ रनको योगदान गरे।
खेलमा कमलसिंह ऐरीले ४१ रन बनाएका थिए।
नेपाल प्रतियोगिताबाट भने यसअघि नै बाहिरीसकेको छ। नेपाल यसअघि बंगलादेश र श्रीलंकासँगको खेलमा पराजित भएको थियो।