PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

इन्टर कलेज फुटसल प्रतियोगिता हुँदै, विजेतालाई डेढ लाख बराबरको भ्रमण प्याकेज



पहिलोपोस्ट

इन्टर कलेज फुटसल प्रतियोगिता हुँदै, विजेतालाई डेढ लाख बराबरको भ्रमण प्याकेज

काठमाडौं : प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगीता हुने भएको छ।

भदौ २७ गते हुने फुटसल प्रतियोगीतामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुने आयोजकले बताएको छ। प्रतियोगीतामा प्लस टुदेखि स्नात्तकोतर सम्मका विद्यार्थीको सहभागीता हुने बताइएको छ।

विजेता टिमलाई १ लाख पचास हजार बराबरको भ्रमण प्याकेज प्रदान गरिने आयोजकले बताएको छ। जसमा स्काइ बर्ड प्याराग्लाइडिङको तर्फबाट पाराग्लाइडिङ सहित काठमाडौं-पोखरा दुईतर्फि यातायात र खाने बस्ने सुबिधा रहेको छ।

त्यस्तै रनरअप टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्नेछ।

उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेजसहित पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए।

प्रतियोगीता धन्यन्तरी फुटसल हाँडीगाँउमा हुनेछ। उक्त प्रतियोगीता प्ले नेपालले हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell