PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

नेपालले चाइनिज ताइपेइलाई घरेलु मैदानमै हरायो, समूह चरणकाे खेलमा नेपालको पहिलो जित



पहिलोपोस्ट

नेपालले चाइनिज ताइपेइलाई घरेलु मैदानमै हरायो, समूह चरणकाे खेलमा नेपालको पहिलो जित

काठमाडौं : फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई पराजित गरेको छ।

आज भएको खेलमा नेपालका लागि अन्जन विस्टले दोहोरो गोल गर्दै समूह चरणमा नेपाललाई पहिलो जित दिलाए। उनले खेलको तेस्रो मिनेटमा नै गोल गरेका थिए। उनले फेरि ६३ औं मिनेटमा अर्को गोल गर्दै २–० गोलान्तरले नेपाललाई जित दिलाए।

ताइपेइले खेलमा फर्कन पटकपटक प्रयास गरेको थियो। ताइपेइको आक्रमणलाई कप्तान तथा गोल किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए।

सेप्टेम्बर ५ मा भएको पहिलो खेलमा कुवेतसँग लज्जास्पद हार बेहोरेको नेपालले आज समूह चरणको पहिलो जित निकाल्दै ३ अंक जोडेको हो। ताइपेई समूह चरणको पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो। नेपाल रहेको समूहमा ताइपेई तुलनात्मक रुपमा सहज टिम मानिन्छ। नेपालले गत जुनमा भएको खेलमा ताइपेइसँग १–१ को बराबरी खेलेको थियो।

विश्वकप छनोटमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको नेपालको समूहमा अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताईपेई रहेका छन्। नेपाल प्रतियोगिताको समूह बी मा छ। नेपाल रहेको समूहमा समान १–१ खेल खेलका कुवेत र जोर्डनको ३ अंक छ। नेपालले पनि २ खेलमा १ जित निकाल्दै ३ अंक बनाएको छ। चाइनिज ताइपेइ भने लगातार २ हार ब्यहोर्दै अंकबिहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell