PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

उपनिर्वाचनमा चार लाख ४७ हजार मतदाता, त्रृटि सच्याउन असोज ५ गतेसम्मको समय



पहिलोपोस्ट

उपनिर्वाचनमा चार लाख ४७ हजार मतदाता, त्रृटि सच्याउन असोज ५ गतेसम्मको समय

काठमाडौँः मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा चार लाख ४७ हजार मतदाताले भाग लिने भएका छन्। निर्वाचन आयोगले ३७ जिल्लाका १५४ वडा कार्यालयबाट प्रारम्भिक रूपमा संकलन गरेको तथ्यांक त्रृटि सच्याउने प्रयोजनका लागि समय पनि दिएको छ। मतदाता विवरणमा कुनै दाबी विरोध तथा त्रृटि भएमा असोज १ गतेदेखि ५ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ।

मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा समेत गरी ५१ पदहरुका लागि निर्वाचन हुँदैछ।

मतदाता नामावलीको प्रारम्भिक विवरणमा त्रृटि भएमा सम्बन्धित वडा कार्यालयबाट सच्याउने सकिनेछ। कुनै मतदाताका सम्बन्धमा उजुरी भएमा पनि वडा कार्यालयमा नै दिन सकिनेछ।

आयोगले प्रारम्भिक नामावली सबै वडा कार्यालयमा पठाइसकेको जनाएको छ। चार लाख ४७ हजार ७९२ मतदाताको विवरण आयोगले वडा कार्यालयहरुमा पठाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell