PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

विप्लवका छोरा प्रकाश पक्राउ



पहिलोपोस्ट

विप्लवका छोरा प्रकाश पक्राउ

काठमाडौँः प्रतिबन्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दका छोरा प्रकाश चन्द पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले प्रकाशलाई बुधबार बिहान नियन्त्रणमा लिएको हो। चितवन मेडिकल कलेजको सेवा बन्द गर्न खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शालिकराम शर्माले जानकारी दिए।

'अस्पतालजस्तो अत्यावश्यक सेवालाई प्रभाव पार्न खोजेपछि हामीले नियन्त्रणमा लिएका हौँ' शर्माले भने।

एक सातादेखि विभिन्न माग राखेर विद्यार्थीहरु आन्दोलमा थिए। बुधबार बिहान अस्पतालभित्र प्रवेश गरेर सेवा अवरुद्ध गर्न खोजेपछि चन्दसहितका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रकाश पनि चितवन मेडिकल कलेजका विद्यार्थी पनि हुन्।

चन्दलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ। उनीसगै प्रहरीले अन्य आन्दोनरत विद्यार्थीहरुलाई पनि नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell